अछाम आगलागी : नियन्त्रणको प्रयास जारी, सात पसल पूर्णरूपमा नष्ट

नेपालभ्युज

अछाम आगलागी : नियन्त्रणको प्रयास जारी, सात पसल पूर्णरूपमा  नष्ट

काठमाडौं ।  अछामको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा मङ्गलबार साँझ भीषण आगलागी भएको छ। साँझ करिब सवा सात बजेदेखि सुरु भएको आगलागीबाट सातवटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगो नियन्त्रणमा लिन मङ्गलसेन नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र अन्य सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको छ। तर, साँघुरा गल्ली र भीडभाड भएको मुख्य बजार क्षेत्रमा आगो फैलिएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।

स्थानीयबासी, सुरक्षाकर्मी र दमकल टोलीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी छ। अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved