दुर्गा प्रसाईंलाई घटनास्थलबाट उन्मुक्ति दिँदै नेतालाई हिरासत पठाएकोप्रति लिङ्देनको विरोध

नेपालभ्युज

दुर्गा प्रसाईंलाई घटनास्थलबाट उन्मुक्ति दिँदै नेतालाई हिरासत पठाएकोप्रति लिङ्देनको विरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले दुर्गा प्रसाईंलाई घटनास्थलबाट उन्मुक्ति दिएर नेताहरूलाई पक्राउ गरेको भन्दै विरोध जनाएका छन् ।

बल्खुको सभालाई सम्बोधन गर्दै उनले प्रसाईंलाई उन्मुक्ति दिएर नेताहरूलाई पक्रिनु गलत रहेको बताए । ‘प्रहरीको फन्दाभित्र परेको दुर्गा प्रसाईंलाई पक्रिनुपर्थ्यो । प्रहरीलाई किचौँला जस्तो गरेर आएको प्रसाईंलाई निकालेर पठाउनुभयो । नेताहरूलाई अश्रुग्यास प्रहार गर्नुभयो । हिरासतमा पठाउनुभयो । हाम्रा नेताहरूलाई हिरासत पठाएको कुरा इखका रूपमा लिएका छौँ,’ उनले भने ।

लिङ्देनले तीनकुने घटनामा छानबिनका लागि न्यायिक आयोग बनाउन माग गरेका छन् । ‘सरकारको कारिन्दा भएको आयोग होइन । सर्वोच्चका पूर्व न्यायाधीश, नागरिक समाज, अधिकारकर्मी सम्मिलित आयोग गठन होस्,’ उनले भने ।

आफुहरूको शान्तिपूर्ण बाटोलाई कमजोरी नठान्न उनले चेतावनी दिए । ‘सत्ता तपाईंहरूको हातमा सधैँ हुँदैन । जनता तपाईंहरूको गोठमा बस्ने गाईवस्तु होइनन्  राप्रपालाई कमजोर नठानियोस् । हामीले डराएर होइन जिम्मेवार भएर शान्तिपूर्ण बाटोमा हिँडेका हौँ,’ उनले भने ।

तीनकुनेमा राज्यले आतङ्क मच्याएको उनले आरोप लगाए । राप्रपा अराजकताको पक्षधर नभएको उनको भनाइ छ । उनले नवीन समझदारीका लागि तयार हुन गणतन्त्रवादी दलहरूलाई आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved