सन्यासबारे के भन्छन् धोनी ?

नेपालभ्युज

सन्यासबारे के भन्छन् धोनी ?

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा आईपीएलमा चेन्नई सुपर किङ्ग्सका खेलाडी महेन्द्रसिंह धोनीले आफ्नो सन्यासको खबरमा प्रतिक्रिया दिएका छन् ।

राज शमानीको पोडकास्टमा सन्यासको प्रश्नमा धोनीले भने, “म हाल आईपीएल खेलिरहेको छु । म विचारलाई सरल राख्छु र यसलाई एक वर्ष दिन्छु । म अहिले ४३ वर्षको छु र जुलाईमा ४४ वर्षको हुनेछु ।”

उनले थपे, “यसपछि मसँग अर्को वर्ष खेल्ने कि नखेल्ने भन्ने निर्णय गर्न १० महिना हुनेछ, तर यो निर्णय तपाईंले होइन, तपाईंको शरीरले लिनुपर्छ ।”

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एमएस धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । हाल उनी आईपीएलमा चेन्नई सुपर किङ्ग्सबाट खेलिरहेका छन् ।

आईपीएल २०२५ मा चेन्नईको टोलीले चारमध्ये एउटा मात्र खेल जित्न सकेको छ ।

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले २६ बलमा ३० रन बनाएका थिए । यसबाहेक धेरै फ्यानहरूले उनी ब्याटिङ गर्न आउने क्रमको बारेमा पनि प्रश्न उठाइरहेका छन् ।

चेन्नईको लागि समस्या बनिरहेका छन् धोनी !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved