काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई यही चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न नदिने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको सुझावका आधारमा यो निर्णय गरिएको प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले आइतबार राप्रपालाई लेखेकाे पत्रमा उल्लेख छ ।
भृकुटीमण्डपमा शिक्षकको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्व निर्धारित कार्यक्रमहरू पनि भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको प्रशासनको भनाइ छ ।

यता राप्रपाले भने २६ गते भृकुटीमण्डपमा आमसभा गर्ने भनेर प्रचार गरिसकेको छ । प्रशासनले ढिलोगरी सूचना निकाल्दै उक्त स्थानमा आमसभा गर्न नदिने भएपछि उसलाई केही कठिनाइ पर्ने देखिन्छ ।
राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।
Facebook Comment
Comment