‘धोनीले २०२३ को आईपीएलपछि सन्यास लिनुपर्थ्यो’

नेपालभ्युज

‘धोनीले २०२३ को आईपीएलपछि सन्यास लिनुपर्थ्यो’

काठमाडौं । भारतका पूर्वक्रिकेटर मनोज तिवारीले आईपीएल (IPL) मा महेन्द्रसिंह धोनीको हालको प्रदर्शनमाथि कडा टिप्पणी गरेका छन् ।

उनले भने, “चेन्नई सुपर किंग्स (CSK) का दिग्गजले दुई सिजन अघि नै आईपीएलबाट सन्यास लिनुपर्ने थियो ।”

मनोजले क्रिकबजसँगको कुराकानीमा भने, “यदि म अलि कठोर भएँ भने मलाई माफ गर्नुहोस् । उनले (धोनी) सन् २०२३ को आईपीएलपछि सन्यास लिनुपर्थ्यो, त्यो उनको सबैभन्दा राम्रो समय थियो ।”

उनले थपे, “कतै न कतै मलाई लाग्छ कि उनले (धोनीले) क्रिकेटबाट कमाएको जति पनि प्रसिद्धि, नाम र सम्मान पछिल्लो दुई वर्षमा खेलिरहेको तरिकाले धुँदै गइरहेको छ । धोनीका फ्यानहरूले उनलाई यसरी हेर्न सक्दैनन् । हेर्नुहोस् चेन्नईका फ्यानहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन्, सडकमा निस्केर अन्तर्वार्ता दिइरहेका छन् ।”

दिल्ली क्यापिटल्स विरुद्धको खेलमा धोनीले २६ बलमा ३० रन बनाएका थिए । यसबाहेक धेरै फ्यानले उनी कुन क्रममा ब्याटिङ गर्न आउँदैछन् भन्ने बारेमा पनि प्रश्न सोधिरहेका छन् ।

चेन्नईको लागि समस्या बनिरहेका छन् धोनी !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved