वार्तामा नजाने शिक्षकको अडान, आज सिट्ठी फुकेर प्रदर्शन गर्ने

नेपालभ्युज

वार्तामा नजाने शिक्षकको अडान, आज सिट्ठी फुकेर प्रदर्शन गर्ने

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले आज काठमाडौंमा सिट्ठी फुकेर प्रदर्शन गर्ने भएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक कर्मचारीहरू माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन गर्न लागेका हुन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पेसागत सुरक्षा र विद्यालय शिक्षाको विकासका लागि थालिएको आन्दोलनमा सहभागी हुन सबै शिक्षक कर्मचारीलाई आह्वान गरेका छन्।

शिक्षकहरूले सरकारले वार्ताका लागि पटक पटक आह्वान गरे पनि वार्ताको औचित्य नभएको बताउँदै आएका छन्। उनीहरूले वार्ताभन्दा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान लिएका छन्।

शिक्षकहरूले चैत २० गतेदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved