गुरागाईंसँग माफी मागेको छैन : राजु पाण्डे

नेपालभ्युज

गुरागाईंसँग माफी मागेको छैन : राजु पाण्डे

काठमाडौं । काठमाडौं  महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग माफी नमागेको बताएका छन्।

२१ चैतमा पाण्डे नेतृत्वको प्रहरी बलले गुरागाईंलाई महानगर छिर्न रोक्न खोजेको थियो ।

‘ मैले प्रमुख प्रशासकीय अधिकृतसँग माफी मागेको छैन,’ पाण्डेले नेपालभ्यूज़सँग भने, ‘ प्रमुख प्रशासकीय अधिकृतलाई स्यालुट गर्नु मेरो दायित्व हो, र त्यसै अनुसार स्यालुट गरेको हुँ।’ २१ चैतमा गुरागाईलाई किन् रोक्न खोजेको भन्ने नेपाल भ्यूज़को प्रश्नमा उनले भने, ‘ हिजो मैले नगर प्रमुखबाट आएको आदेश पालना गरेको हुँ।’

प्रमुख प्रशासकीय अधिकृतका रूपमा जो आएपनि नगर प्रहरी प्रमुखका रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारी आफूले निर्वाह गरेको बताउँदै  उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत हुँदा र नहुँदा मैले नगर प्रमुखको आदेश मान्नु पर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved