बलात्कार मुद्दामा पास्टर बजिंदर सिंहलाई आजीवन कारावासको सजाय

नेपालभ्युज

बलात्कार मुद्दामा पास्टर बजिंदर सिंहलाई आजीवन कारावासको सजाय

काठमाडौं । भारत जालन्धरको ‘द चर्च अफ ग्लोरी एन्ड विजडम’का संस्थापक पास्टर बजिन्दर सिंहलाई बलात्कार मुद्दामा पञ्जाबस्थित मोहाली अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

अदालतले मार्च २८ मा दोषी ठहर गरेपछि पुजारीलाई प्रहरीले हिरासतमा लिएको थियो । अदालतले मङ्गलबार सजाय तोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी पटियाला जेलमा छन् ।

सन् २०१८ मा जिरकपुरकी एक महिलाले बजिन्दर सिंहसहित ६ जनाविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेकी थिइन्।

पीडित महिलाले अदालतको फैसलाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । पीडितले अदालतमाथि पूर्ण विश्वास रहेको बताइन् । “म ७ वर्षदेखि न्यायका लागि अदालत र प्रहरी कार्यालय धाइरहेकी थिएँ, आजको सुनुवाइपछि म धेरै खुसी छु,” उनले भनिन् ।

पीडितले दोषी ठहरिएका बजिंदर मानसिक रोगी भएको आरोप लगाइन् । “यदि ऊ जेलबाट निस्कियो भने फेरि अपराध गर्नेछ । त्यसैले म चाहन्छु कि ऊ सधैंभरि जेलमै रहोस्,” उनले भनिन् ।

सन् २०१८ मा ३५ वर्षीया महिलाले बजिंदरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । बजिंदरले मोहालीमा रहेको आफ्नो घरमा बलात्कार गरेको र घटना रेकर्ड गरेर ब्ल्याकमेल गरेको पीडितको भनाइ थियो ।

यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved