बायर्नको साढे दुई दशक लामो करिअर अन्त्य गर्दै ‘वान–क्लब म्यान’ मुलर

नेपालभ्युज

बायर्नको साढे दुई दशक लामो करिअर अन्त्य गर्दै ‘वान–क्लब म्यान’ मुलर

काठमाडौं । जर्मन लिजेन्ड फुटबलर थोमस मुलरले यस सिजनदेखि बायर्न म्युनिखमा बिताएको साढे दुई दशक लामो करिअर गर्ने सामाचार बाहिरिएको छ ।

उनले २५ वर्ष बिताएको क्लब आगामी जुनदेखि छोड्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३५ वर्षीय मुलर सन् २००८ देखि बायर्नमा आबद्ध छन् । उनले हालसम्म सिनियर क्लब स्तरमा जर्मन क्लब बायर्नबाहेक अन्यत्रबाट खेलेका छैनन् । यसर्थ उनलाई ‘वान–क्लब म्यान’समेत भनिन्छ ।

मुलरमा बायर्नबाट दुई च्याम्यिन्स लिग र १२ बुन्डेस लिगासँगै थुप्रै उपाधि जितेका छन् । बायर्नमै आबद्ध रहँदा उनीसहितको जर्मन राष्ट्रिय टोलीले २०१४ मा विश्वकप जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved