भारतमा दुई रेल एकापसमा ठोक्किए (भिडिओ)

नेपालभ्युज

भारतमा दुई रेल एकापसमा ठोक्किए (भिडिओ)

काठमाडौं । भारतको झारखण्ड राज्यमा दुई मालवाहक रेल एकापसमा ठोक्किएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार झारखण्डको साहिबगञ्जमा मङ्गलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा दुई रेल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटना दिउँसो ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडीह नजिकै भएको थियो । दुवै रेलहरू सरकारी विद्युत् कम्पनी एनटीपीसीका थिए ।

दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीकै हो । र यो ट्र्याक मुख्यतया पावर प्लान्टहरूमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved