सांसद दीपक बोहराको निधन

नेपालभ्युज

सांसद दीपक बोहराको निधन

काठमाडौं । संविधानसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा ओम अस्पतालमा मङ्गलबार बिहान निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो ।

बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved