पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु

नेपालभ्युज

पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बङ्गालमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

साेमबार राति भएकाे यस घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला पनि रहेको सुन्दरवन प्रहरी कार्यालयकका एसपी कोटेश्वर रावले जानकारी दिए ।

विष्फोटमा परी केही मानिस घाइते भएको समाचारमा जनाएको छ । तर सङ्ख्या खुलाइएको छैन ।

एक घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved