संसद् सञ्चालनमा विश्वप्रकाशले देखाए सभामुखको कमजोरी

नागरिकले सरकार जिन्दावाद भन्ने स्थिति छैन

नेपालभ्युज

संसद् सञ्चालनमा विश्वप्रकाशले देखाए सभामुखको कमजोरी

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले सदन सञ्चालनमा सभामुख देवराज घिमिरेको कमजोर औँल्याएका छन् ।

संसद्मा बोल्दै उनले सदन सञ्चालनमा सभामुखको समेत कमजोरी देखिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । ‘संसद् सञ्चालनका लागि केही विधि र नियम छन् । देशका प्रधानमन्त्रीले बोलिरहेको बेला उठ्ने कुरा र प्रधानमन्त्रीले धारणा राखेपछि सवाल जवाफ गर्नेकुरा हाम्रो नियमावलीको भावनाले पनि त्यो कुरा व्यक्त गर्दैन । प्रतिपक्षी उठेर अवरोध जनाएर कमजोरी देखाएको छ  भने सभामुखबाट पनि कमजोरी भएको छ भन्ने हेक्का राख्न आग्रह गर्न चाहान्छु,’ उनले भने ।

तीनकुने घटनामा विज्ञप्ति समेत जारी गर्न नसक्ने पूर्वा राजा ‘राजा’का लागि योग्य नभएको उनले बताए । ‘तीनकुनेलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा चाहनुभएको छ । दु:खी भएको एउटा विज्ञप्ति पनि जारी नगर्ने कस्तो राजाको खोजीमा छौँ ?’ उनले प्रश्न गरे ।

नागरिक पङ्क्तिमा बढ्दो असन्तुष्टी सम्बोधन गर्नुपर्ने उनले बताए । ‘वर्षौदेखि धुलोमा पुरिनुपर्दा नागरिकले सरकार जिन्दावाद भन्दैन । मल नपाउँदा हामी खुशी छौँ भनेर किसानले सरकार जिन्दावाद भन्दैन । प्रशासनिक कारणले मुस्कान दिने सेवा भएन भने नागरिकले सरकार जिन्दावाद भन्दैन,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved