प्रधानमन्त्रीको सम्बोधनमा अवरोध खडा गरेपछि एमाले आक्रोशित

राप्रपाको अवरोध रेकर्डबाट हटाउन माग

नेपालभ्युज

प्रधानमन्त्रीको सम्बोधनमा अवरोध खडा गरेपछि एमाले आक्रोशित

काठमाडौं । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध खडा गरेपछि एमाले आक्रोशित भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनमा अवरोध पुर्‍याउँदै राप्रपाले गरेका गतिविधि संसद्को रेकर्डबाट हटाउन एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँग माग गरेका छन् ।

‘संसदको नियमावली अनुसार समय माग गरेर बोल्दा डिस्ट्रव गर्ने काम भयो । संविधान विरोधी गतिविधिबारे जवाफ दिँदा अवरोध खडा गर्ने काम भयो । संविधान र नियमावलीविरुद्ध जाने छुट कसैलाई पनि छैन यो गतिविधि रेकर्डबाट हटाइयोस्,’ उनले भने ।

प्रतिपक्षीले संसद् अवरूद्ध गरेर गल्ती गरिरहेको उनले जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved