प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको विरोध

नेपालभ्युज

प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको क्रममा राप्रपाले विरोध गरेको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अवरोध गर्न खोजेका थिए ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंलाई इङ्कित गर्दै समाज बिथोल्न लागेका एक जना अवाञ्छित व्यक्तिलाई ज्ञानेन्द्र शाहले जनकमाण्डर बनाएको बताएपछि राप्रपाले विरोध गर्न खोजेको थियो ।

“समाज बिथोल्न लागेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा ढाकेर कथित जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारदातमा खटाउनु भयो,” ओलीले भने, “प्रारम्भिक अध्ययनमा यी कुराहरूले स्पष्ट पार्छ पुर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछिको सम्झौताको उलङ्घन गर्नु भएको छ ।”

तर, सभामुखले शाहीलाई बस्न आग्रह गरे । र, प्रधानमन्त्रीले आफ्नो सम्बोधन जारी राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved