हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं

नेपालभ्युज

हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् ।

हिरासतबाट रिहामा भएपछि नेपालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले उच्छृङ्खल गतिविधिलाई पूर्णरुपमा निषेध गर्दै सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने बताए ।

उनले लेखेका छन्, “डा. जगमान गुरुंगजस्तो नेपाल ऋषि आन्दोलनको संयोजक तथा बौद्धिक प्राज्ञिक कमाण्डर हुनु भएको बाहिर निस्किएपछि थाहा पाएको छु । देश विदेशबाट वौद्धिक प्राज्ञिक नैतिक भौतिक साथ समर्थन र सहयोग प्राप्त हुने नै छ । हामी डा. गुरुंगको नेतृत्वमा अब आन्दोलनमा उच्छृंखल गतिविधिलाई पूर्ण रुपमा निषेध गर्नेछौं तर सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने छौं ।”

आफूहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको नेपालको दाबी छ । उनले आन्दोलनमा भएका घुसपैठ र प्रधानमन्त्रीका भड्काऊ अभिव्यक्तिहरूका विषयमा अनुसन्धान र कारबाही माग समेत गरेका छन् ।

उनले समितिका संयोजक नवराज सुवेदीको हाउस एरेष्ट तत्काल अन्त्य गर्न माग राखेका छन् ।

सरकारले तोकेको स्थानमा कार्यक्रम सुरु गर्न लाग्दा राष्ट्र गान बजाउँदा बजाउँदै मञ्चमा अश्रुग्यास–गोली प्रहार भएको आरोप नेपालले लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved