कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

नेपालभ्युज

कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
फाइल तस्वीर

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आङ्शिक प्रभाव रहेको छ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved