रवीन्द्र र धवललाई रिहाको माग गर्दै राँके जुलुस (तस्वीरहरू)

रवीन्द्र र धवललाई रिहाको माग गर्दै राँके जुलुस (तस्वीरहरू)

काठमाडौं । राज्यविरूद्धको कसुरमा अनुसन्धान अघि बढाइएका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवल शमशेर राणालाई रिहाको माग गर्दै राजधानीका विभिन्न स्थानमा राँके जुलुस प्रदर्शन गरिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई रिहाको माग गर्दै राप्रपा समर्थित कार्यकर्ताले विभिन्न स्थानमा राँके जुलुस निकालेका हुन् ।

शुक्रबार पक्राउ परेका मिश्र र राणालाई सरकारी वकिलको कार्यालयले राज्य विरूद्धको कसुरमा अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगेको थियो ।

अदालतले मिश्र र राणा सहित अन्य ११ जनालाई राज्यविरूद्धको कसुरमा अनुसन्धानका लागि म्याद थपको स्वीकृति दिएको छ । अन्य ३१ जनालाई भने आपराधिक उपद्रवमा अनुसन्धानका लागि म्याद थप गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved