काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रको विकल्पमा निरङ्कुशतावादी शक्ति र राजतन्त्रवादी शक्तिहरु आउन नसक्ने भएपनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका हुन् ।
संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै उनले अब यसलाई संशोधन गरेर जानुपर्ने बताए ।
भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री र सङ्घ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए ।
नदीको प्रवाह कहिले पनि पछाडि नफर्किएजस्तै एक पटक विधिवत रुपमा विदा भइसकेको राजतन्त्र पुनर्स्थापना हुन नसक्ने उनले बताए ।
Facebook Comment
Comment