उडिसामा रेलका डिब्बाहरू पटरीबाट खस्यो (भिडिओ)

नेपालभ्युज

उडिसामा रेलका डिब्बाहरू पटरीबाट खस्यो (भिडिओ)

काठमाडौं । भारतको उडिसा राज्यस्थित कटक जिल्लामा बेङ्गलुरु-गुवाहाटी एसएमभीटी कामाख्या एसी सुपरफास्ट एक्सप्रेसका धेरै डिब्बा पटरीबाट खसेको छ ।

“बिहान ११:५४ बजे खुर्दा रोड डिभिजनको निर्गुन्डी कान्दरपुर खण्डमा १२५५१ एसएमभीटी कामाख्या सुपरफास्ट एसी एक्सप्रेसका केही डिब्बाहरू पटरीबाट खसेको छ,” पूर्वी तटीय रेलवेका प्रमुख जनसम्पर्क अधिकारी अशोक कुमार मिश्राले समाचार एजेन्सी एएनआईसँग भने ।

मिश्राकाअनुसार ११ वटा एसी कोच पटरीबाट खसेका छन् ।

घटनामा एक जनाको मृत्यु भएको छ भने २५ घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

मिश्राले भने, “हामीलाई डिब्बाहरू पटरीबाट खसेको जानकारी पाउने बित्तिकै दुर्घटना राहत रेल र आपत्‌कालीन चिकित्सा उपकरणहरू तुरुन्तै पठाइएको छ । वरिष्ठ रेलवे अधिकारीहरू घटनास्थलमा पुगिरहेका छन् । सहयोगको लागि भारत सरकार र राज्य सरकारलाई पनि जानकारी गराइएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved