आगजनीपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको जीर्ण अवस्था (तस्वीरहरू)

आगजनीपछि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको जीर्ण अवस्था (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले लगाएको आगोले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन क्षतिग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरूले भवनको सिसामा ढुङ्गा प्रहार गर्नुको साथै कम्पनी परिसर भित्रका गाडीहरूमा आगजनी गरेका थिए । शनिबार बिहानसम्म कम्पनीको भवन र करिब डेढ दर्जन सवारी साधन जलिरहेको अवस्थामा देखिन्थे ।

शुक्रवार बेलुकी अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भए पनि भवनबाट अझैं धुवाँ निस्किरहेको छ । कम्पनीले उत्पादन गर्ने सन्चो बोत्तलहरू भवनको परिसरमा छरिएको अवस्थामा छन् ।क्षतिको औपचारिक विवरण भने आउन बाँकी नै छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको जीर्ण अवस्था

(तस्वीर सौजन्य : एसेन्स श्रेष्ठ)

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved