शनिबार बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु

नेपालभ्युज

शनिबार बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार  शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थपिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

कर्फ्यु शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved