महासङ्घले गर्‍यो स्थापना दिवसका सम्पूर्ण कार्यक्रम स्थगित, माइतीघरमा शोक सभा गर्ने

नेपालभ्युज

महासङ्घले गर्‍यो स्थापना दिवसका सम्पूर्ण कार्यक्रम स्थगित, माइतीघरमा शोक सभा गर्ने

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको ‘हत्या’ को विरोधमा शनिबार विरोध सभा गर्ने भएको छ।

पत्रकार महासङ्घको  स्थापना दिवसका अवसरमा शनिबार (चैत १६ गते) विहान ८ बजे माइतीघर मण्डलामा भेला भएर विरोध तथा शोक सभा गर्ने महासङ्घले जनाएको छ।

यस्तै, महासङ्घले स्थापना दिवसका अवसरमा भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।

‘स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध शभाको रूपमा मनाउने’ महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यसैगरी भोलिका लागि महासङ्घका  उपत्यका बाहिरका प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सम्पूर्ण कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरे बमोजिम गर्न समेत महासङ्घले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved