काठमाडौं । टर्कीएको अदालतले दशकौं यताकै सबैभन्दा खराब प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा पक्राउ परेका एएफपीका एक फोटोग्राफरसहित सात जना पत्रकारलाई बिहीबार रिहा गर्न आदेश दिएको छ ।
गैरसरकारी संस्था र आन्दोलनको पक्षधर एक वकिलले पत्रकारलाई रिहा गर्न अदालतले आदेश दिएको पुष्टि गरेका छन् ।
प्रदर्शनको रिपोर्टिङ गरिरहेका टर्कीएका ११ जना पत्रकार, इस्तानबुलमा आठ जना र इजमिरमा तीन जनासहित एएफपीका फोटोग्राफर यासिन अकगुललाई प्रहरीले पक्राउ गरेको थियो ।
मङ्गलबार इस्तानबुलको एक अदालतले अकगुल र अन्य ६ जनालाई ‘कानुनको बर्खिलाप हुनेगरी’ र्याली र जुलुसमा भाग लिएको’ आरोपमा हिरासतमा राखेको थियो। यो कदमको अधिकारवादी समूह र पेरिसस्थित अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले कडा निन्दा गरेका छन् ।
टर्कीएमा गत मार्च १९ मा भएको इस्तानबुलका लोकप्रिय विपक्षी नगर प्रमुख एकरेम इमामोग्लुलाई जेल चलान गरिएपछि टर्कीमा जारी एक साता लामो प्रदर्शनका क्रममा सात पत्रकारसहित सयौँ प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिइएको थियो ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानको मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका ५३ वर्षीय इमामोग्लुको गिरफ्तारीलाई एर्दोगानले आफ्नो नेतृत्वलाई अझ निरङ्कुश बनाउने सङ्केत गर्छ ।
टर्कीएका तीन ठूला शहरमा भएको विरोध प्रदर्शन प्रतिबन्धको अवज्ञा गर्दै दिनहुँ ठूलो भीड सडकमा उत्रने गरेको छ भने रातको समयमा हुने जमघटमा पनि दङ्गा प्रहरीसँग भिडन्त हुने गरेको छ ।
अदालतले सातै जनालाई हिरासतबाट रिहा गर्न आदेश दिएको एमएलएसए अधिकार समूहले बिहीबार जनाएको छ ।
एएफपीका फोटो पत्रकार ३५ वर्षीय अकगुललाई जेलबाट रिहा गर्ने तयारी भएको उनका वकिलले बताएका छन् ।
Facebook Comment
Comment