प्रधामन्त्री कप क्रिकेट

मधेसले बागमतीलाई हरायो

नेपालभ्युज

मधेसले बागमतीलाई हरायो

काठमाडौं । प्रधामन्त्री कप क्रिकेटमा मधेसले बागमतीलाई हराएको छ ।

सिद्धार्थनगरमा सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा मधेसले बागमतीलाई ४ विकेटले पराजित गरेको हो ।

२६० रनको लक्ष्य मधेसले ४६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

मधेसका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका उनी ७० रनमा अविजित रहे । रोहन विकले ३९ रन बनाए ।

बागमतीका लागि सूर्य तामाङले २ विकेट लिए । रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बागमती पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २५९ रन बनाएको थियो ।

बागमतीका लागि इशान पाण्डेले शतकीय पारी खेले । उनले १२७ ओभरमा १४ चौका प्रहार गर्दै ११४ रनको योगदान गरे ।

मधेसका लागि हरिशङ्कर शाह, अनिल साह र पवन सर्राफले २–२ विकेट लिए । रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved