इशानको शतकमा बागमतीले मधेसलाई दियो २६० रनको लक्ष्य

नेपालभ्युज

इशानको शतकमा बागमतीले मधेसलाई दियो २६० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले मधेसलाई २६० रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २५९ रन बनाएको हो ।

बागमतीका लागि इशान पाण्डेले शतकीय पारी खेले । उनले १२७ ओभरमा १४ चौका प्रहार गर्दै ११४ रनको योगदान गरे ।

मधेसका लागि हरिशङ्कर शाह, अनिल साह र पवन सर्राफले २–२ विकेट लिए । रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved