राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि आवेदन आह्वान, २ करोडको प्रायोजक खोज्दै क्यान

नेपालभ्युज

राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि आवेदन आह्वान, २ करोडको प्रायोजक खोज्दै क्यान

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि इच्छुक व्यवसायिक संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ।

बिहीबार क्यानले आह्वान गरेको सूचनाअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम २ करोड रुपैयाँ तोकिएको छ । ३ वर्षका लागि हुने सम्झौतामा हरेक वर्ष १० प्रतिशत वृद्धि हुने क्यानले जनाएको छ। प्रायोजकको ब्रान्ड नाम नेपाल क्रिकेट टिमको जर्सीको अगाडिको भागमा राखिने छ।

आवेदन दिने अन्तिम मिति २०८१ चैत्र २९ गते (११ अप्रिल) २०२५ बिहान ११ बजे तोकिएको छ। आवेदन कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर तथा छापसहित हार्डकपीका रुपमा क्यानको मूलपानीस्थित कार्यालयमा बुझाउनु पर्नेछ।

आवेदनको साथमा ३० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने छ, जुन नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, दरबारमार्ग शाखाको क्रिकेट एसोसिएसन अफ नेपाल नामक खातामा जम्मा गर्न सकिने छ।

प्रस्ताव खोल्ने प्रक्रिया

सबै प्राप्त प्रस्तावहरू यही १९ गते मध्यान्ह  १२ बजे क्यानको कार्यालयमा खोलिने छन्। यसका लागि प्रतिनिधिले वैध कार्यालय परिचयपत्र तथा अधिकृत पत्र प्रस्तुत गर्नुपर्ने छ।

आवदेन बुझाउँदा क्यानले आवश्यक कागजातहरूका रुपमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, भ्याट र प्यान दर्ता प्रमाणपत्र, पछिल्लो कर छुट प्रमाणपत्र, व्यवसाय सञ्चालनका लागि आवश्यक इजाजतपत्र, कम्पनीको प्रोफाइल र पृष्ठभूमि, ब्रान्डिङ तथा दृश्यता योजना र अघिल्लो प्रायोजनको अनुभवलाई समावेश गर्न उल्लेख गरेको छ ।

इच्छुक संस्थाहरूले क्यानको कार्यालयमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved