नेसन्स लिग

दोस्रो लेगमा पुनरागमन गर्दै फ्रान्स र पोर्चुगल सेमिफाइनलमा

नेपालभ्युज

दोस्रो लेगमा पुनरागमन गर्दै फ्रान्स र पोर्चुगल सेमिफाइनलमा

काठमाडौं । दोस्रो लेगमा पुनरागमन गर्दै फ्रान्स र पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार बिहान भएका क्वार्टरफाइनलका निर्णायक खेलमा क्रोएसिया र डेनमार्कलाई स्तब्ध बनाउँदै यी दुई पूर्वविजेताले आन्तिम चार स्थान पक्का गरेका हुन् ।

पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराएको हो ।

यी दुईबीचको पहिलो लेगमा क्रोएसिया २–० ले अघि थियो । तर सोमबारको दोस्रो लेगमा फ्रान्सले पुनरागमन गर्दै खेल बराबरीमा ल्यायो । थप समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

यस्तै अर्को खेलमा पोर्चुगलले सानदार पुनरागमन गर्यो । पहिलो लेगमा भोगेको १–० को नतिजा उल्टाउँदै पोर्चुगलले समग्रमा ५–३ गोल अन्तरको जित हासिल गर्यो ।

लिस्बनमा भएको दोस्रो लेगमा घरेलु टोली पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा ५–२ को नतिजा हात पारेको हो ।

दोस्रो लेगमा खराब नतिजासँगै क्रोएसिया र डेनमार्क भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

सोमबार नै भएका खेलमा अनुकूल नतिजा निकाल्दै जर्मनी र साविक विजेता स्पेन पनि सेमिफाइनलमा पुगेका छन् ।

जर्मनी र स्पेन सेमिफाइनलमा, इटाली र नेदरल्यान्ड्स बाहिरिए

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved