काठमाडौं । यस सिजनको आईपीएलको दोस्रो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई जितका लागि २८७ रनको विशाल लक्ष्य दिएको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ थालेको हैदराबादले ६ विकेट गुमाएर २८६ रन बनाएको हो ।
यो आईपीएल इतिहासकै दोस्रो उच्च योगफल हो । आईपीएलमा सर्वाधिक स्कोरको रेकर्ड पनि हैदराबादको नाममा छ ।
गत सिजनमा हैदराबादले आरसीबीविरुद्ध तीन विकेटको क्षतिमा २८७ रन बनाएको थियो, जुन प्रतियोगिताको उच्चतम योगफल हो । आज खेलमा हैदराबादले थप दुई रन जोडेको भए आफ्नै रेकर्ड तोड्न सफल हुने थियो ।
हैदराबादका इशान किशनले १०६ रनको शतकीय पारी खेले । ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाए ।
हेनरिक क्लासेनले ३४, नितिश कुमार रेड्डीले ३० र ओपनर अभिषेक शर्माले २४ रन जोडे ।
राजस्थानका तुषार देशपाण्डेले ३ विकेट लिए । महिश थेक्सनाले २ विकेट र सन्दीप शर्माले १ विकेट लिए ।

Facebook Comment
Comment