काठमाडौं । अनार एन्टिअक्सिडेन्ट, भिटामिन र फाइबरले भरिपूर्ण हुन्छ ।
हरेक दिन एउटा अनार खानु तपाईंको स्वास्थ्यको लागि एक गेम–चेन्जर हुनसक्छ । यो फल दैनिक रूपमा खाने बानी बसाले शरीरमा के प्रभाव पर्छ ? आज हामी यसबारे विस्तारमा कुरा गर्नेछौँ –
मुटु स्वास्थ्यका लागि फाइदाजनक
अनारमा पोलिफेनोल र एन्टिअक्सिडेन्टहरू धेरै मात्रामा हुन्छ । विशेषगरी प्युनिकालेजिन, जसले सुन्निएको कम गर्छ र उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । दैनिक यसलाई खाँदा रक्त सञ्चारमा सुधार हुन्छ । यसको सेवनले हृदय रोगको जोखिम कम हुन सक्छ ।
पाचन र आन्द्राको स्वास्थ्यको लागि फाइदाजनक
एउटा अनारमा धेरै मात्रामा फाइबर हुन्छ । जुन पाचनका लागि निकै फाइदाजनक हुन्छ । यसका साथै आन्द्राको स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । अनारमा पाइने प्राकृतिक प्रीबायोटिक्सले स्वस्थ आन्द्रा ब्याक्टेरियालाई समर्थन गर्छ । जसले कब्जियतको समस्या पनि कम गर्छ ।
प्रतिरक्षा प्रणाली बलियो
अनार भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुका साथै सङ्क्रमणसँग लड्न पनि निकै मद्दत गर्छ । फलको एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणहरूले यसलाई सामान्य रुघाखोकी र फ्लुबाट बचाउन पनि प्रभावकारी बनाउँछ ।
छालाको स्वास्थ्यको लागि राम्रो
अनारमा एन्टिअक्सिडेन्टहरू हुन्छ, जसले अक्सिडेटिभ तनावसँग लड्छ । चाउरी र फाइन लाइन्सहरू जस्ता उमेर बढ्ने सङ्केतहरूलाई कम गर्छ । अनारले कोलाजनलाई बचाइराख्छ जसका कारण छाला जवान रहन्छ ।
चिनीको मात्रा नियन्त्रण
अनारमा प्राकृतिक गुलियोपन हुन्छ । यसमा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ । तिनीहरूले इन्सुलिन संवेदनशीलतामा सुधार गरेर रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्छ । जसले गर्दा मधुमेह भएका वा जोखिममा रहेका व्यक्तिहरूकोलागि एक उत्तम विकल्प हुन सक्छ ।
Facebook Comment
Comment