प्रधानमन्त्री कप क्रिकेट:

बागमती तेस्रो जित, सूर्यले लिए ५ विकेट

नेपालभ्युज

बागमती तेस्रो जित, सूर्यले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागतमी प्रदेशले तेस्रो जित हासिल गरेको छ ।

लमहीस्थि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई १३१ रनले पराजित गरेको हो । प्रतियोगितामा बागमतीको यो तेस्रो जित हो ।

२४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा अलआउट भयो । कोशीका लागि आइश भट्टराईले ३७ र सुजन थपलियाले २५ रन बनाए । फिर्दोश अन्सारी भने रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बागमतीका लागि लागि सूर्य तामाङले ५ विकेट लिए । उनले ८ ओभरमा २६ रन खर्चेर आफ्नो फाइफर पूरा गरे । सो क्रममा उनले २ मेडन ओभर पनि फाले । रिजन ढकालले ३ र साकार गजुरेलले २ विकेट लिए ।

यस्तै, टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनमा अलआउट भयो ।

बागमतीका लागि शुभ कंशकारले ३९ रन बनाए । अशुतोष घिरैयाले २९ र इशान पाण्डेले २५ रनको योगदान गरे । कप्तान पृथु बासकोटाले २४ रन बनाउँदा विपिन आचार्य २४ रनमा अविजित रहे ।

सुजन थपलिया र प्रकाश कार्कीले २–२ विकेट लिए । फिर्दोश अन्सारी, दिपेश कंडेल र ज्ञानेन्द्र श्रेष्ठले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved