अर्जेन्टिना विश्वकप नजिक, प्लेअफ स्थान पक्का

नेपालभ्युज

अर्जेन्टिना विश्वकप नजिक, प्लेअफ स्थान पक्का

काठमाडौं । आगामी वर्ष हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिना छनोट नजिक पुगेको छ ।

शनिबार बिहान उरुग्वेविरुद्धको खेलमा १–० को जित निकालेपछि अर्जेन्टिना विश्वकप छनोटको प्लेअफ स्थान पक्का गरेको हो ।
अब अर्जेन्टिना विश्वकपमा छनोट हुनबाट एक अङ्क मात्र टाढा रहेको छ ।

थिआगो आल्माडाले ६८ औं मिनेटमा गरेको गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो । यस जितसँगै अर्जेन्टिना १३ खेलबाट २८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

अर्जेन्टिनाले अब मङ्गलबार ब्राजिलसँग खेल्नेछ । ब्राजिलविरुद्धको खेलमा बराबरी मात्रै गरे पनि अर्जेन्टिना विश्वकपका लागि छनोट हुनेछ । अर्जेन्टिना प्रशिक्षक लियोनेल स्कालोनीको टोली सातौं स्थानमा रहेको बोलिभियाभन्दा १५ अङ्कले अगाडि छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट शीर्ष ६ टोलीहरू विश्वकपका लागि सिधै छनोट हुनेछन्, जबकि सातौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्ने मौका पाउनेछ ।

यसअघि, इक्वेडरले भेनेजुएलालाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । ब्राजिल २१ अङ्कसहित तेस्रो स्थानमा छ, जबकि उरुग्वे र पाराग्वे २० अङ्कसहित चौथो र पाँचौं स्थानमा छन्। कोलम्बिया १९ अङ्कसहित छैटौं स्थानमा छ ।

अर्जेन्टिनाका निको गोनजालेजले ब्राजिलविरुद्धको खेल गुमाउनेछन् । उनी अतिरिक्त समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ब्राजिलका सुरुवाती गोलकिपर एलिसन, डिफेन्डर गाब्रिएल म्यागलहाएस र मिडफिल्डर ब्रुनो गिमाराएसले पनि अर्जेन्टिनासँगको खेल गुमाउनेछन् ।

कोलम्बियालाई पराजित गर्दै ब्राजिल दोस्रो स्थानमा उक्लियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved