संसद्‌मा छिरिङको कविता : रोग त्यहीँ छ, शोक पनि त्यहीँ छ, भोका मान्ठा कहाँ छ ?

नेपालभ्युज

संसद्‌मा छिरिङको कविता : रोग त्यहीँ छ, शोक पनि त्यहीँ छ, भोका मान्ठा कहाँ छ ?

काठमाडौं । माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले आम नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा सांसद छिरिङले दुरदराजका नागरिकको पहुँचमा स्वास्थ्यसेवा पुर्‍याउनुपर्ने माग गरेका हुन् ।

हुम्लाबाट निर्वाचित छिरिङले सांसद सुनिलकुमार शर्माले पेस गरेको स्वास्थ्यसम्बन्धी जरुरी सार्वजनिक प्रस्तावलाई समर्थन गर्दै स्वास्थ्य सेवाको माग गर्दै कवितासमेत सुनाएका छन् ।

छिरिङको कविता – 

रोग त्यहीँ छ, शोक पनि त्यहीँ छ
भोका मान्ठा कहाँ छ ?

निःशुल्क उपचार गर्ने हाम्रो सरकार कहाँ छ ?
मुटु रोग मिर्गौला सँगै क्यान्सर निको पार्ने
गरिब निमुखा जीवन बीमा फ्री गर्ने सरकार कहाँ छ?

ठूला नेता विदेश लिन्छ
गरिबकन छैन
जनता नेता बराबरी, छुट्याउन मिल्दैन

अति नगर खती होला
परिस्थिति हेर
निःशुल्क उपचार गर्न सरकार नीति फेर !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved