गण्डकी ९२ रनमा अलआउट, ललितले लिए ५ विकेट

नेपालभ्युज

गण्डकी ९२ रनमा अलआउट, ललितले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ९३ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाएर अलआउट भएको हो ।

गण्डकीका लागि अर्जुन कुमालले ४८ रन बनाए । उनले ६३ बलमा ८ चौका प्रहार गर्दै ४८ रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ५ विकेट लिए । उनले ५.२ ओभरमा ७ रन खर्चेर २ मेडन ओभरसमेत फाले ।

गुल्शनले भने ८ ओभरमा ४२ रन खर्चेरले ४ विकेट लिए । सो क्रममा उनले १ मेडन ओभर फाले ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved