काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्ली स्थित रायसिना डायलगमा दुईबिच भेटवार्ता भएको हो । भेट आपसी सम्बन्ध सुधारमा केन्द्रित रहेको राणाले एक्समा उल्लेख गरेकी छिन् ।
वार्ताबारे जानकारी दिँदै उनले लेखेकी छिन्,’रायसियना डायलगमा भारतीय विदेशमन्त्रीसँग साइडलाइन छलफल भएको छ । सम्बन्धका विभिन्न आयाम र पक्षमा सौहार्द छलफल गर्दै नागरिकस्तर र कूटनीतिक सम्बन्ध बलियो बनाउने विषयमा छलफल केन्द्रित भयो ।’
राणाले भारतको छिमेकी पहिलो नीतिको प्रशंसा गरेको र भारतले नेपाललाई निरन्तर प्राथमिकतामा राख्नेमा आफू आशावादी भएको उल्लेख गरेकी छिन् । ‘भारतको छिमेकी पहिलो नीतिको मैले प्रशंसा गरेको छु । भारतले नेपाललाई निरन्तर प्राथमिकतामा राख्ने विश्वासमा आफू रहेको कुरा जानकारी गराएको छु,’ उनले लेखेकी छिन् ।
Facebook Comment
Comment