सात नेपालीलाई स्वदेश पठाउन युक्रेनसँग परराष्ट्रमन्त्रीको आग्रह

नेपालभ्युज

सात नेपालीलाई स्वदेश पठाउन युक्रेनसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले  युक्रेनी सेनाको नियन्त्रणमा रहेका साता नेपालीलाई स्वदेश फर्काउन युक्रेनी समकक्षीसँग आग्रह गरेकी छिन् ।

भारतको नयाँ दिल्लीमा आयोजित रायसिना संवादमा युक्रेनी समकक्षी एन्द्री सिबिहासँग उनले यस्तो आग्रह गरेकी हुन् ।

आफ्ना नागरिक रूसी सेनामा भर्तीको नीति नेपालको नरहेको भन्दै मानव तस्करमार्फत नेपाली रूसी सेनामा भर्ती भएको उनले जानकारी  गराएकी थिइन् । युक्रेनी सेनाको कब्जामा सात नेपाली रहेको भन्दै उनले रिहाइको लागि आग्रह गरेकी हुन् । युक्रेनी विदेशमन्त्रीले कानुनी प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएका त्यसमा सहयोगका लागि युक्रेनसँग आग्रह गरेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved