पुरातन विश्वव्यवस्था परिवर्तन अपरिहार्य छ : एस जयशंकर

नेपालभ्युज

पुरातन विश्वव्यवस्था परिवर्तन अपरिहार्य छ : एस जयशंकर

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले पुरातन विश्वव्यवस्था परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।

भारतमा रायसिना संवादमा बोल्दै उनले पुरातन विश्वव्यवस्था फेरबदलको समय आएको बताएका हुन् ।

पुरातन विश्वव्यवस्था निष्पक्ष नभएकाले अब परिमार्जन जरुरी रहेको उनले बताए । ‘पश्चिमा अन्य मुलुकमा जाँदा त्यसलाई हस्तक्षेप भनिँदैन त्यसलाई लोकतन्त्र रक्षाको प्रयास भनिन्छ । यता, अन्य मुलुक पश्चिमामा प्रवेश गर्दा त्यसैलाई निकै निकृष्ट तरिकाले व्याख्या गरिन्छ,’ उनले भने,’कुनै पनि व्यवस्था टिक्नका निम्ति त्यसमा निष्पक्षता अपरिहार्य हुन्छ। पुरातन विश्व व्यवस्था निष्पक्ष छैन ।’

बहुध्रुवीय विश्वमा भारतले ग्लोबल साउथको मात्रै नभएर कुनै विन्दुमा विश्वकै नेतृत्वको आकाङ्क्षा राखेको उनले बताए । ‘ग्लोबल साउथमा लोकतान्त्रिक मूल्य मान्यतालाई प्रवर्द्धन गर्दै त्यसको नेतृत्व लिने मात्रै होइन विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको र निकट भविष्यमै विश्वकै तेस्रो ठुलो अर्थतन्त्र बन्ने भारतले विश्वकै नेतृत्व गर्ने आकाङ्क्षा राखेको छ,’ उनले भने।

अहिलेको विश्व व्यवस्थाले विभिन्न असन्तुलन निम्त्याएको  उनको जिकिर छ । जयशंकरले नवीन र सन्तुलित विश्वव्यवस्था अबको आवश्यकता रहेको बताए ।  बलियो विश्व व्यवस्थामा आधारभूत मान्यताहरू स्थिर रहनुपर्ने उनको मत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved