एनएसएल खेल्न सेनेगलका देकिते नेपालमा

नेपालभ्युज

एनएसएल खेल्न सेनेगलका देकिते नेपालमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका खेलाडी पापे अब्दुलाह देकिते नेपाल आइपुगेका छन् ।

ललितपुर सिटी एफसीका डिफेन्डर देकिते सोमबार नेपाल आइपुगेका हुन् । ३२ वर्षीय देकितेले आफ्नो फुटबल करिअर विभिन्न अन्तर्राष्ट्रिय क्लबमा बिताएका छन् ।

देकितेसँग विभिन्न अफ्रिका, एसिया र अन्य महादेशका लिग खेलेको अनुभव छ ।

देकितेले भियतनामको टप डिभिजन लिग १ र भारतको केरलाको सुपर केरला लिग पनि खेलिसकेका छन् ।

चैत्र १६ मा हुने उद्घाटन खेलमा ललितपुर र काठमाडौं रेजर्स एफसी आमने सामने हुनेछन् । अनन्त तामाङ ललितपुरको मार्की प्लेयरमा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved