सन्दीप जोराको अर्धशतकमा आर्मीलाई एपीएफको सामान्य लक्ष्य

नेपालभ्युज

सन्दीप जोराको अर्धशतकमा आर्मीलाई एपीएफको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले आर्मीलाई १४२ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा एपीएफले ४२.३ ओभरमा अलआउट भएर १४१ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ९१ बलमा ९ चौका प्रहार गर्दै ६५ रनको योगदान गरे ।

अमर रौतेला, किशोर महतो र भुवन कार्कीले ११–११ रन बनाए ।

आर्मीका लागि आकाश चन्दले ४ विकेट लिए । सोमपाल कामीले ३, साहब आमलले २ तथा बसिर अहमदले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved