काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
बैठक मङ्गलबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने पार्टीका महामन्त्री एवम् सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल हुनेछ ।
‘भ्रष्ट शासन र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य भयकाले आन्दोलनको स्वरुप र भाबी रणनीति निर्माणको बिषयमा बैठक केन्द्रित हुनेछ,’ उनले भने ।
एक्लाएक्लै आन्दोलन गरेर राजसंस्था र हिन्दूराष्ट्रबारे निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबै मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्नेमा राप्रपा नेपालले विगत लामो समयदेखि जोड दिँदै आइरहेको महामन्त्री बर्तौलाले स्मरण गराए ।
Facebook Comment
Comment