काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई ५५ रनले पराजित गरेको छ ।
भैरहवास्थित एक्स्ट्राटेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमलाई हराउँदै बागमतीले लगातार तेस्रो जित हासिल गरेको हो ।
२६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रन बनाएर अलआउट भएको हो ।
सुदूरपश्चिमका लागि ओपनर टेक रावतले ४७ रन बनाए ।
बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले चार/चार विकेट लिए ।
पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र २६६ रन बनाएको थियो ।
बागमतीका लागि शुभ कङ्शकार र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले ।
शुभले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको योगदान गरे । आशुतोषले भने १०१ बलमा ५ चौका प्रहार गर्दै ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।
कप्तान पृथु बास्कोटाले १५, प्रतिश जिसीले १५ र विवेक यादवले १० रन बनाए । सुमन सुनार १२ रन अविजित रहे ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठ, शेर मल्ल र हेमन्त धामीले २/२ तथा नारायण जोशी र राहुल भण्डारीले १/१ विकेट लिए ।
Facebook Comment
Comment