प्रधानमन्त्री कप क्रिकेट:

एपीएफमाथि पुलिसको सङ्घर्षपूर्ण जित

नेपालभ्युज

एपीएफमाथि पुलिसको सङ्घर्षपूर्ण जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा पुलिसले एपीएफलाई २ विकेटले पराजित गरेको हो । पुलिसको यो तेस्रो जित हो ।

९५ रनको सामान्य लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । लक्ष्य सानो भएपनि पुलिसले जितको लागि सङ्घर्ष गर्नुपर्‍यो । पुलिसका लागि कुशल भूर्तेलले ३१ र अर्जुन साउदले ११ रन बनाए ।

एपीएफका लागि भुवन कार्कीले ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २/२ तथा कमल ऐरीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो ।

एपीएफका लागि सुमित महर्जनले २६ र लोकेश बमले २२ रन बनाए । आसिफ शेखले १० रन बनाए । अमर रौतेललाले १० रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ६ विकेट लिए । उनले ७.४ ओभरमा १८ रन खर्चे । सो क्रममा उनले ३ मेडन ओभर फाले ।

कुशल भूर्तेल, सागर ढकाल, करण केसी र गुल्शन झाले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved