काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्बलले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा बिहीबार भएको खेलमा आर्मीले कर्णालीलाई १२७ रनले पराजित गरेको हो । आर्मीको यो लगातार तेस्रो जित हो । यसअघि आर्मीले सुदूरपश्चिम र बागतमीलाई पराजित गरेको थियो ।
२६३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३७.१ ओभरमा पूरै विकेट गुमाएर मात्र १३५ रन बनायो ।
कर्णालीका लागि प्रकाश जैसीले अर्धशतकीय पारी खेले । विपिन रावलले २३ र दिनेश अधिकारीले २२ रन बनाए ।
आर्मीका लागि शाहाब आलमले ३ तथा सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २–२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २६२ रन बनाएको थियो ।
आर्मीका लागि तृत राज दास र कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ८४ बलमा १० चौका प्रहार गरेर ६९ रन बनाए ।
विनोदले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।
कर्णालीका लागि प्रकाश जैसीले ४ विकेट लिए । उनले १० ओभरमा ६४ रन खर्चे । दिनेश अधिकारीले ३ विकेट लिए । सुनिल धमलाले २ विकेट लिए ।
Facebook Comment
Comment