प्रधानमन्त्री कप क्रिकेट:

गण्डकीमाथि लुम्बिनीको जित

नेपालभ्युज

गण्डकीमाथि लुम्बिनीको जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले गण्डकीलाई पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।

२१८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गण्डकीले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र २०३ रन बनायो । गण्डकीका लागि अर्जुन कुमालले अर्धशतकीय पारी खेले पनि जितको लागि पर्याप्त हुन सकेन ।

अर्जुनले ८६ बलमा ८ चौका प्रहार गर्दै ६२ रनको योगदान गरे । सुवास भण्डारीले ३० रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले ३ विकेट लिए । विप्रासन केसीले २ तथा रमेश कुर्मी र नर सार्कीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९.५ ओभरमा २१७ रनमा अलआउट भएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले ७२ रन बनाए ।

मृनल गुरुङले ३८ र कप्तान देव खनालले ३३ रन बनाए । मनिष थापाले २४ र विप्रासन केसीले २५ रन बनाए ।

गण्डकीका लागि अमृत गुरुङले ३ विकेट लिए । विपिन खत्री र चन्द्र पौडेलले २–२ तथा सुवास भण्डारी, कमल परियार र वन्स क्षेत्रीले १–१ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved