काठमाडौं । तपाईंलाई थाहा छ, मानिसले कति तनाव सहन सक्छ ?
सामान्यतया कुनै कठिन काममा तनाव हुने सम्भावना बढी हुन्छ, तर कहिलेकाहीँ डरलाग्दो फिल्म हेरेर वा डेटमा जानेजस्ता कुराहरूबाट पनि तनाव हुनसक्छ । खतरा वा केही असामान्य महसुस हुँदा तपाईंको शरीर अचानक नै एड्रेनालिन वा कोर्टिसोलजस्ता तनाव हर्मोनले भरिन्छ । यस्तो अवस्थामा तपाईंको मुटुको धड्कन बढ्छ, रक्तचाप बढ्छ, ऊर्जा पनि बढेको महसुस हुन्छ ताकि अचानक आएको यो तनावसँग लड्न सकियोस् । यसको असर केहीबेरसम्म रहन्छ र शरीर फेरि सामान्य अवस्थामा फर्कन्छ ।
थोरै तनाव लिनका लागि बनेको मानिस
तपाईं तब मात्र तनाव महसुस गर्नुहुन्छ, जब कुनै विशेष परिस्थिति वा कामको बारेमा सोच्नुहुन्छ । तर, जसै परिस्थिति सामान्य हुन्छ, तपाईंलाई राम्रो महसुस हुन थाल्छ ।
अमेरिकन साइकोलोजिकल एसोसिएसनको रिपोर्टअनुसार हाम्रो शरीर थोरै मात्रामा तनाव लिनका लागि बनेको छ, तर जब यो तनाव लामो वा क्रोनिक हुन्छ, तब हाम्रो शरीरमा त्यसका धेरै नकारात्मक परिणाम देखिन्छ ।
पेटमा पुतली उड्ने कुरा त सुन्नुभएको छ होला, तर तनावले त्यसलाई साँच्चिकै महसुस गराउँछ । कुनै पनि प्रस्तुति दिनुभन्दा अघि तपाईंलाई पेटमा केही गडबडी वा दुखाइ जस्तो महसुस हुन सक्छ । कहिलेकाहीँ तनावको पछाडि ठूला कारणहरू पनि देखिन सक्छन्, जस्तै श्रीमान श्रीमतीको आपसी झगडा वा भूकम्प वा आतङ्कवादी आक्रमण जस्ता अवस्थाहरूमा पनि यस्तो हुन सक्छ ।
बारम्बार तनाव हुँदा के हुन्छ ?
यदि बारम्बार धेरै तनाव रहन्छ भने, त्यसले मुटुको धमनीहरूमा सुन्निने समस्या हुन सक्छ । हार्ट अट्याक आउने धेरै कारणमध्ये यो पनि एक कारण हो । त्यसैगरी, कुनै व्यक्तिले तनावको सामना गरिरहँदा त्यसको असर कोलेस्ट्रोल लेभलमा पनि पर्छ ।
कसरी व्यवस्थापन गर्ने ?
- साथीहरू बनाउनुहोस् र मानिसहरूसँग भेटघाट गरिरहनुहोस् ।
- व्यायाम गर्न नभुल्नुहोस् ।
- हरेक रात राम्रो निद्रा लिनुहोस् ।
- यदि तपाईंलाई लगातार तनाव महसुस भइरहेको छ भने, कुनै मनोवैज्ञानिकलाई भेट्नुहोस् ।
Facebook Comment
Comment