नामिबियासँग फेरि हार्‍यो नेपाल

नेपालभ्युज

नामिबियासँग फेरि हार्‍यो नेपाल

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।

एन्टेब्बे क्रिकेट ओभल मैदानमा बुधबार भएको खेलमा नेपाल २३ रनले हारेको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो ।

यसअघि पहिलो चरणमा पनि नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

अब नेपालले युगान्डासाग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ । यसअघि नेपाल हङकङसँग २ रनले पराजित हुँदा आयोजक युगान्डालाई १ विकेट हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved