प्रधानमन्त्री कप क्रिकेट:

कोशीमाथि पुलिसको फराकिलो जित

नेपालभ्युज

कोशीमाथि पुलिसको फराकिलो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा भएको खेलमा पुलिसले कोशीलाई १५४ रनले पराजित गरेको हो । पुलिसको यो लगातार दोस्रो जित हो ।

२८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रन बनाएर अलआउट भयो ।

कोशीका लागि सुजन थपलिया ३३ रनमा अविजित रहँदा कप्तान अङ्कित सुवेदीले २१ रन बनाए । शकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन बनाए ।

पुलिसका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशी र कुशल भूर्तेलले २–२ तथा सागर ढकाल, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको पुलिसल पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८८ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भूर्तेल र दिलिप नाथले अर्धशतकीय पारी खेले ।

कुशलले ७८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको योगदान गरे । दिलिप नाथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

कोशीका लागि भुपाल लुइँटेलले ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा फिर्दोश अन्सारी, सर्वन किस्कु र दीपेश कँडेलले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved