प्रधानमन्त्री कप क्रिकेट:

कोशीलाई पुलिसको विशाल लक्ष्य, कुशल र दिलिपको अर्धशतक

नेपालभ्युज

कोशीलाई पुलिसको विशाल लक्ष्य, कुशल र दिलिपको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई २८९ रनको विशाल लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रटेक ओभलमा जारी खेलमा पुलिसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८८ रन बनाएको हो ।

टस जितेर ब्याटिङ रोजेको पुलिसका लागि कुशल भूर्तेल र दिलिप नाथले अर्धशतकीय पारी खेले ।

कुशलले ७८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको योगदान गरे । दिलिप नाथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

कोशीका लागि भुपाल लुइँटेलले ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा फिर्दोश अन्सारी, सर्वन किस्कु र दीपेश कँडेलले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved