प्रधानमन्त्री कप क्रिकेट:

सुदूरपश्चिमले आर्मीलाई दियो सामान्य लक्ष्य, निश्चल ४९ रनमा अविजित

नेपालभ्युज

सुदूरपश्चिमले आर्मीलाई दियो सामान्य लक्ष्य, निश्चल ४९ रनमा अविजित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्बललाई ११८ रनको सामान्य लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४५.३ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि निश्चल क्षेत्री ४९ रनमा अविजित रहे । निश्चलले १२१ बल खेलेपनि मात्र २ चौका प्रहार गर्न सके ।

कप्तान नारायण जोशी र सुनिल चन्दले १६/१६ रन बनाए ।

आर्मीले शाहब आलमले ४ विकेट लिए । उनले १० ओभरमा १९ रन खर्चँदा २ मेडन ओभर पनि फाले ।

सोमपाल कामीले २ तथा बसिर अहमद, कुशल मल्ल, आकाश चन्द र नरेन साउदले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved