सरकारले शिक्षकसँग गरेको सम्झौता अवहेलना गर्नु खेदजनक : सांसद केसी

नेपालभ्युज

सरकारले शिक्षकसँग गरेको सम्झौता अवहेलना गर्नु खेदजनक : सांसद केसी

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग गरिएको सम्झौता लागू गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले सरकारले शिक्षकसँग गरेको सम्झौतालाई निरन्तर अवहेलना गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

केसीले भने, “सरकारले गरेको सम्झौता अवहेलना गर्नु भनेको खेदजनक मात्र होइन, निन्दनीय हो । राज्यले कसैलाई वचन दिएपछि त्यसको पालना गर्नुपर्छ । शिक्षकसँग भएको सम्झौता कार्यान्वयन होस् ।”

उनले वार्ता र संवादद्वारा शिक्षकसँगको समस्या समाधान गर्न आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved